समाज

लोडेड पेस्तोलसहित ठमेलबाट एक पक्राउ

काठमाडौं– महानगरीय प्रहरी वृत्त दरबारमार्गले लोडेड पोस्तोलसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। 

बारा घर भई काठमाडौं बस्दै आएका २० वर्षीय पुकार शिकारीलाई विशेष सुराकीको आधारमा इन्स्पेक्टर बसन्त आचार्यको नेतृत्वको टोलीले  ज्याठाबाट पक्राउ परेको हो । शनिबार दिउँसो ठमेल ज्याठाबाट ७.९९ एमएम नामको अमेरिकी पेस्तोल र म्यागजिनमा लोड गरेको ५ राउण्ड गोलीसहित नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । 

उनलाई हिरासतमा राखेर महानगरीय प्रहरी वृत्त दरवारमार्गले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: ८ वैशाख २०७५ ११:३७ शनिबार

लोडेड पेस्तोलसहित ठमेलबाट पक्राउ