समाज

मधेसी सहिद प्रतिष्ठानका सदस्य आफ्नै कोठामा मृत भेटिए

मधेसी सहिद प्रतिष्ठानका सदस्य नरेश यादव मृत फेला परेका छन् । मधेस प्रदेश सरकारले मधेस भवनमा उपलब्ध गराइएको आवासमा यादव मंगलबार बिहान मृत भेटिएका हुन्।

सर्लाहीको मंलगवा नगरपालिका-११ गमहरिया घर भएका यादव प्रदेश सरकारले कर्मचारीहरूको लागी उपलब्ध गराइएको सरकारी निवासमा बस्दै आएका उनी कोठाभित्रै मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी वरुणबहादुर सिंहका अनुसार मधेसी सहिद प्रतिष्ठानका सदस्य अन्दाजी ४० वर्षीय यादव मंगलबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।

मृतक यादवको  नाकबाट हल्का रगत बगेको छ । बोमिट पनि गरेका छन् । रिपोर्ट आएपछि मात्रै मृत्युको कारण पत्ता लाग्ने डिएसपी सिंहले बताए ।

मृतक यादवको शव जनकपुरस्थित प्रादेशिक अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ ।

प्रकाशित: २० फाल्गुन २०८१ १३:०९ मंगलबार