समाज

डुबेर बालिकाको मृत्यु

नुवाकोट – विदुर नगरपालिका– १३ आमथाङकी एक बालिकाको शुक्रबार (आज) ड्रमको पानीमा डुबेर मृत्यु भएको छ।

सुजन तामाङकी १५ महिनाकी छोरी सुविनाको आज घरको ड्रममा राखिएको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

खेल्ने क्रममा ड्रमको पानीमा डुब्न पुगी घाइते भएकी बालिकालाई उपचारको लागि त्रिशूली जिल्ला अस्पताल ल्याउने क्रममा मृत्यु भएको हो।     (रासस)

प्रकाशित: ७ वैशाख २०७५ ०७:५४ शुक्रबार

डुबेर बालिकाको मृत्यु