समाज

दुर्घटनास्थलबाट हटाइयो मलिन्दो एयरको जहाज

तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौं - बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको घाँसे मैदानमा दुर्घटनाग्रस्त हुन पुगेको मलिन्दो एयरको जहाजलाई दुर्घटनास्थलबाट हटाइएको छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले रनवे बाहिर फसेको विमानलाई हटाइएको जानकारी दिएका छन्। गौतमले ११ः३० बजेबाट विमानस्थलमा अन्तर्राष्ट्रिय उडान–अवतरण सुचारु हुने बताएका छन्।

काठमाडौंबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको जहाज बिहीबार राति १०ः०७ बजे धावनमार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त हुन पुगेको थियो।

प्रकाशित: ७ वैशाख २०७५ ०५:२९ शुक्रबार

दुर्घटनास्थलबाट हटाइयो मलिन्दो एयरको जहाज