समाज

सैनिक अभ्यासको निरीक्षणमा प्रधानसेनापति

काठमाडौं– प्रधानसेनापति राजेन्द्र क्षत्रीले मध्य पृतना हे.क्वा.मा सञ्चालित फिल्ड ट्रेनिङ्ग अभ्यासको निरीक्षण गरेका छन्।

विहीबार उनले तालिम ईलाकाको स्थलगत वस्तुस्थिति, बन्दोबस्ती, फिल्ड ट्रेनिङ्ग अभ्यासमा सहभागी भएका शिक्षार्थीद्वारा प्रस्तुत प्रदर्शनीको अवलोकन लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै अभ्यासमा भाग लिने फौजलाई सम्बोधन गरेका थिए।

प्रधानसेनापति क्षत्री फिल्ड तालिम अभ्यासको निरीक्षण सम्पन्न गरी बुधबारै काठमाडौं फर्किएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

प्रकाशित: ६ वैशाख २०७५ १२:५० बिहीबार

सैनिक अभ्यासको निरीक्षणमा प्रधानसेनापति