समाज

हराएको एक महिनापछि शव भेटियो

नुवाकोट – किस्पाङ गाउँपालिका–२ फिकुरीका बिनाकुमारी ढुङ्गेल हराएको एक महिनापछि बुधबार मृतावस्थामा भेटिएकी छिन्। 

पैँचालिस वर्षीया ढुङ्गेलको शव त्रिशूली जलविद्युत् केन्द्रको बाँधस्थल विदुर नगरपालिका–७ स्थित त्रिशूली नदीमा भेटिएको जिल्ला प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले जानकारी दिए। गएको चैत ५ गते घरबाट नै हराएपछि उनको खोजी भइरहेको थियो। 

शवको जिल्ला अस्पताल त्रिशूलीमा विहीबार परीक्षण गरी परिवारले जिम्मा लिएका छन् । 

मृत्युको कारण खुल्न नसकेकाले पोष्टमार्टम परीक्षण प्रतिवेदन लगायतका आधारमा अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ। 

प्रकाशित: ६ वैशाख २०७५ ०६:२० बिहीबार

हराएको महिनापछि शव भेटियो