ललितपुर- रातो मछिन्द्रनाथलाई मंगलबार रथारोहण गरिएको छ। वैशाख शुक्ल प्रतिपदाका दिन साँझ ७ बजे देवतालाई रथमा राखिएको हो। पानेजुहरुले देवतालाई रथमा चढाएको मच्छिन्द्रनाथका मूल पूजारी कपिल गुरुजुले बताए।
वैशाख कृष्ण पक्षभर मछिन्द्रनाथको दश कर्म सकिएपछि मंगलबार देवतालाई रथमा राखिएको हो। रथारोहण भएपनि वैशाख ६ गतेबाट मात्रै रथ यात्रा शुरु हुनेछ। बुधबार धमा अगाडि गाई दान गरिने बताइएको छ।
भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका गुरु बन्दुदत्त बज्राचार्य र ललितपुरका ललित रथचक्र कृषकले मिलेर मच्छेन्द्रनाथ ल्याएको स्मरणमा जात्रा मनाइने गरिएको ज्योतिष दैवज्ञ कीर्तिमदन जोशी बताउँछन्।
तस्बिर : सुजन श्रेष्ठ