समाज

खोटाङबाट काठमाडौं आउँदै गरेको सुमो ओखलढुङ्गामा दुर्घटना, तीन जनाको मृत्यु

खोटाङबाट काठमाडौं आउँदै गरेको टाटा सुमो ओखलढुङ्गामा दुर्घटना भएको छ।

ओखलढुङ्गाको मानेभज्याङ गाउँपालिका वडा न ७ स्थित भण्डारे खोला भन्ने ठाउँमा बिहीबार बिहान टाटा सुमो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी उपरीक्षक (डिएसपी) कृष्ण खड्काले जानकारी दिए। 

खड्काले भने,'बिहान बाटो हिँड्ने मान्छेहरुले दुर्घटना भएको देखेर खबर गर्नुभएको थियो। राति नै दुर्घटना भएको हुन सक्ने आङ्कलन छ।  चालकसहित चार जना सवार भएको भन्ने कुरा छ। तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। चालक कता हुनुहुन्छ भन्ने कुरा बुझ्नै बाकी छ।'

प्रकाशित: १७ माघ २०८१ ११:३५ बिहीबार

#Jeep accident