काठमाडौँ महानगरपालिका-२४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद ३९ लाख ७८ हजार रुपैयाँ र २ थान मोबाइलसहित एक जना पक्राउ परेका छन्। चितवन भरतपुर महानगरपालिका-१५ घर भई हाल काठमाडौँ टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी इन्टिलिजेन्स शाखाबाट खटिएको प्रहरीले उनलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित: १४ माघ २०८१ १२:२१ सोमबार