समाज

बालिका करणी अभियोगमा पाल्पाबाट एक पक्राउ

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ। रामपुर नगरपालिका-८ भुजात बस्ने २५ वर्षीय नबिन गुरूङलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको हो।

गुरूङले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १० माघ २०८१ १५:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App