बितेका ६ महिनामा सडक दुर्घटनामा परी धनुषामा २६ जनाको मृत्यु भएको छ।
जिल्ला ट्राफिक कार्यालयका अनुसार उक्त अवधिमा भएका पाँच सय छ दुर्घटनामा २६ जनाको मृत्यु भएको हो। अघिल्लो वर्षको सोही अवधिमा पाँच सय ९८ दुर्घटनामा ३९ जनाले ज्यान गुमाएका थिए।
उक्त कार्यालयले आवधिक समीक्षामा ट्राफिक नियम उल्लङ्घन गरेका १२ हजार पाँच सय ९३ सवारी साधनका सञ्चालकबाट रु ९७ लाख ५८ हजार पाँच सय राजस्व सङ्कलन भएको जनाएको छ। गत आवको सोही अवधिमा १४ हजार दुई सय ३६ सवारी साधनबाट रु एक करोड छ लाख ५४ हजार पाँच सय राजस्व सङ्कलन भएको थियो। रासस
प्रकाशित: १० माघ २०८१ ११:२४ बिहीबार