समाज

तिनाउमा डुबेर अर्घाखाँचीका युवाको मृत्यु

पाल्पा– तिनाउ नदीमा पौडी खेल्ने क्रममा एक युवाको मृत्यु भएको छ। सोमबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर सन्धिखर्क नगरपालिका–१, पटुवाथुम अर्धाखाँचीका सुशील श्रेष्ठको मृत्यु भएको हो। 

तिनाउँ गाउँपालिका–३, हेडबक्स नजिकै रहेको तिनाउँ हाईड्रोपावरको ड्याममा सोमबार दिउँसो २ बजे उनको मृत्यु भएको प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले बताए। १८ वर्षिय श्रेष्ठ साथीहरुसँग पौडी खेल्ने क्रममा डुबेका थिए। उनको शव पोष्टमार्टमका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवलमा राखिएको छ। 

 

प्रकाशित: ३ वैशाख २०७५ १२:२५ सोमबार

तिनाउमा डुबेर अर्घाखाँचीका युवाको मृत्यु