समाज

तत्कालिन गाविस सचिवविरुद्ध ३८ लाखको भ्रष्टाचार मुद्दा

तत्कालीन गाविस सचिव आस महमद अन्सारीविरुद्ध ३८ लाख ३० हजार पाँच सय भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार साविक आदर्श गाविस भवानीपुर जीतपुर, बाराका तत्कालीन सचिव आस महमद अन्सारीले साविक आदर्श गाविस भवानीपुर जीतपुर (हाल जीतपुरसिमरा उपमहानगरपालिका) को स्वामित्वमा रहेको गुदरी बजार र मिना बजारका सटरहरु उपभोक्तालाई भाडामा लगाउँदा सो भ्रष्टाचार गरेको पाइएको छ ।

अन्सारीले भाडा लगाउन अपनाइएको विधि पारदर्शी भएको भनी यकिन गर्न सकिने अवस्था नरहेको, निजले सटरहरु उपलव्ध गराउँदा लिएको धरौटी वापतको रकमसँग सम्बन्धित कागजातहरु लुकाई बरबुझारथ नगरेको र १२१ जना उपभोक्ताहरुबाट लिएको धरौटी वापतको रु.३८,३०,५०० खातामा जम्मा नगरेको अनुसन्धानबाट खुलेको छ । 

प्रकाशित: ७ माघ २०८१ १७:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App