बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले आइतबार रवि, छवि लगायतका २२ जना विरुद्ध सङ्गठित रुपमा सहकारी ठगीको कसुर अन्तर्गत पूरक अभियोग पत्र तयार गरी जिल्ला अदालत रुपन्देहीलाई बुझाएको हो ।
रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहितका ४२ जनाविरुद्ध १ अर्ब १२ करोड बिगो दाबीसहित मुद्दा दायर गरिएको छ।
प्रकाशित: ६ माघ २०८१ १३:४२ आइतबार