समाज

कर्णालीमा बढी दुर्घटना हुने स्थानबारे फोटो सचेतना

कर्णाली प्रदेशका ट्राफिक प्रहरीहरूले दशैं जिल्लामा दुर्घटना जोखिम भएका ठाउँहरूको तस्बिर देखाउँदै।

कर्णाली प्रदेशभित्र बढी दुर्घटना हुने स्थानका बारेमा चालक र सहचालकहरूलाई सचेतना कार्यक्रम गरिएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले सुरक्षित यात्राका लागि स्मरण कार्यक्रममा प्रदेशका दुर्घटना बढी हुने स्थानको तस्बिरहरू प्रतिबिम्वित गराइएको हो।

बढी दुर्घटना हुने ४७ स्थानको तस्बिरहरू १२ सय ४३ जना चालक सहचालकहरूलाई सचेतना कार्यक्रम मार्फत दुर्घटना नहोस् भनेर देखाइएको छ। कर्णाली प्रदेशमा बढी दुर्घटना हुने स्थानहरूको तस्बिरसहित दुर्घटना जोखिम न्यूनीकरण गर्न चालक र सहचालकहरूसँग सचेतना कार्यक्रम गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी निरीक्षक हरिबहादुर बि.सी.ले बताए।

१० वटै जिल्लामा जिल्ला ट्राफिक कार्यालय, अस्थायी ट्राफिक प्रहरी पोष्टहरूबाट एकै दिन बिहीबार सचेतना कार्यक्रम गरिएको थियो। कर्णाली प्रदेशमा हुने सवारी दुर्घटना न्यूनीकरण र सडक अनुशासन कायम राख्ने उद्देश्यले आफू पनि बचौँ र अरूलाई पनि बचाऔँ भन्ने मूल नाराका साथ सुरक्षित यात्राका लागि स्मरण कार्यक्रम प्रदेशभर ट्राफिक प्रहरीले गरेको हो।

ट्राफिक प्रहरीले जिल्ला-जिल्लामा सचेतना अभियानहरू बर्सेनि गर्दै आए पनि चालकहरूले नियमहरू पलना गरेको पाइदैन। जसका कारण क्षमताभन्दा बढी यात्रु राख्ने, ओभर स्पिटमा गाडी चलाउने, गाडी चलाउँदा मदिरा खाने लगायतका समस्याहरू देखिँदै आएको छ। विशेष गरी कर्णालीमा रातो नम्बर प्लेटका गाडीहरूले भाँडामा यात्रु ओसार्ने बढी रहेको छ।

प्रकाशित: ४ माघ २०८१ १३:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App