समाज

छ महिनामा ३८९ फरार प्रतिवादी पक्राउ

विभिन्न कसुरमा अदालतले सजाय ताके पनि लामो समयदेखि फरार रहँदै आएका अपराधीलाई पक्राउ गर्न कपिलवस्तुको विशेष अभियान जारी छ । अभियान अन्तर्गत कपिलवस्तुमा चालु आर्थिक वर्षको ६ महिना भित्र ३ सय ८९ जा फरार प्रतिवादी पक्राउ गरिएको हो ।

कपिलवस्तुमा विभिन्न मितिमा कत्र्तब्य ज्यान, डाँका,  लागुऔषध, जबरजस्ती करणी, नकबजनी चोरी, भवितव्य ज्यान, कुटपिट,  सवारी ज्यान, जस्ता कसुरमा संलग्न भई कपिलवस्तु जिल्ला अदालतले गरेको फैसलामा कसुरदार ठहरिएकालाई पक्राउ गरिएको हो  । पक्राउ गरिएका फरार प्रतिवादीबाट २ सय ६८ वर्ष ९ महिना र १५ दिन कैद र २८लाख ८८ हजार ८२८ रुपैयाँ जरिवाना असुल उपर हुनेछ । 

गत आर्थिक वर्ष २०८०/८१ मा कपिलवस्तु प्रहरीले १ सय ३५ फरार प्रतिवादी नियन्त्रणमा लिई १ सय ६५ वर्ष ५ महिना कैद र २२ लाख ५६ हजार ४ सय ५० जरिवाना असुल उपरका लागि अदालतमा पेश गरेको थियो । त्यसैगरि अघिल्लो आर्थिक वर्ष २०७९/८० मा कपिलवस्तु प्रहरीले ७२ फरार प्रतिवादी नियन्त्रणमा लिई १ सय ८ वर्ष १ दिन कैद र १ करोड ४४ लाख ७० हजार ९ सय ५६ रूपैयाँ जरिवाना असुलका लागि अदालतमा पेश गरेको रहेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए ।

अपराध गरेर लुके पनि प्रहरीको फन्दामा पर्नु पर्छ भन्ने आम नागरिकमा सन्देश दिन समेत फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्रता दिएको एसपी निरन्जनदत्त भट्टले बताए । आपराधिक मनोभावना गिराउन भूमिका खेल्ने उद्देश्यका साथ फरार प्रतिवादी पक्राउको कार्यलाई निरन्तरता दिने उनले बताए ।  

प्रकाशित: ३ माघ २०८१ १८:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App