समाज

धौलीगाड खानेपानीको प्रतीक्षामा खलंगाबासी

जुम्लाको सबैभन्दा ठूलो खानेपानी आयोजना धौलीगाड खानेपानी आयोजनाको पहिलो र दोस्रो चरणमा काम भइरहेको छ।  चरण एकको भौतिक प्रगति ६७ प्रतिशत र चरण दुईको ७० प्रतिशत काम भएको इन्जिनियर अशोक आचार्यले बताए।

उनका अनुसार पहिलो चरणको कामको वित्तीय प्रगति ६२।०४ प्रतिशत र दोस्रो चरणको ६०।९७ प्रतिशत काम सम्पन्न भएको छ। पहिलो चरणमा वितरण प्रणाली अन्तर्गत घरमा पाईपलिने, धारा पानी जडान गर्ने, ट्याङ्की बनाउने लगायतका विभिन्न काम भइरहेको छ।

कार्यालयका इन्जिनियरिङ अशोक आचार्यका अनुसार पहिलो चरणमा कालिका–क्याब–कन्काई जेभी कन्सट्रक्सन प्रा।ली सँग २०७८ चैत्र ४ गते  र दोस्रो चरणको काम क्याब कन्सट्रक्सन प्रा।ली।ले २०७९ असार १६ गते काम गर्नका लागि सम्झौता भएको थियो।

सोही अनुसार काम भएपनि झण्डै एक वर्षको समय जुम्लाको चन्दननाथ नगरपालिका (४ का स्थानीयले विभिन्न माग राखेर अवरोध गरेपछि काम रोकिएको थियो । पहिलो चरणको काम सम्झौता मिति थप्नका लागि अहिले सबै प्रक्रिया मिलाएर केन्द्रमा माग गरिएको कार्यालयले जनाएको छ ।

जुम्ला सदरमुकाम खलंगाका स्थानीयले विगत लामो समयदेखि खानेपानीको अभाव खेपिरहेका छन्। तातोपानी गाउँपालिकाको राँका र बाईराका गाउँमा अहिले पनि पानीको हाहाकार समेत छ। उनीहरु धौलीगाड खानेपानीको प्रतीक्षामा छन्।

८ हजार बढी घरधुरीमा खानेपानी पुर्‍याउने लक्ष्यका साथ यो परियोजना झण्डै एक अर्ब २६ लाखमा स्वीकृत भई पहिलो चरणको परियोजनामा जन श्रमदान एक करोड ४१ लाख ५५ हजार ४ सय ५३ रुपैयाँ ४ पैसा र दोस्रो चरणमा ३७ करोड ७ लाख पाँच हजार ३ सय ७२ रुपैयाँमा ठेक्का आवह्रान गरिएको थियो। 

प्रकाशित: ३ माघ २०८१ १७:२८ बिहीबार