समाज

बुढानिलकण्ठमा करेन्ट लागेर एकको मृत्यु

बुढानिलकण्ठ नगरपालिका-१३ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।

घरमा आल्मोनियमको काम गर्ने क्रममा करेन्ट लागेर मोरङ घर भई काठमाडौं पेप्सिकोला बस्ने-२७ वर्षीय रोसन माझीको बिहीबार दिउँसो मृत्यु भएको हो।

करेन्टलागेर गम्भीर घाइते भएका उनको करूणा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: ३ माघ २०८१ १६:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App