समाज

कर्णालीमा बिहानैदेखि हिमपात

कर्णालीका हिमाली जिल्लाहरुमा बिहिबार (आज) बिहानैदेखि हिमपात भइरहेको छ । यस वर्षको चौथौं पटक हिमपात भएको हो ।

कर्णालीका हिमाली जिल्लाहरु हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालिकोटका उच्च भागहरुमा हिमपात भईरहेको छ । त्यस्तै दैलेख, रुकुमको उच्च भागमा पनि हिमपात भईरहेको जनाईएको छ । हिमपातले जनजिवन प्रभावित भएको हुम्लाका ब्यवसायी विजय लामाले बताए ।

‘घरघरमा आगो बालेर स्थानीयहरुले चिसो छलिरहको छन् ।’ ब्यवसायी लामाले भने, हिमपातले स्थानीय घर बाहिर निस्कन समस्या भएको छ ।’

जहाजबाट देखिएको मुगुको उच्च भागमा परेको हिउँ । तस्बिर: गोविन्द केसी/नागरिक

प्रकाशित: ३ माघ २०८१ १३:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App