समाज

कपिलवस्तुमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा २ जनाको मृत्यु, एक गम्भीर घाइते

सांकेतिक तस्बिर

तौलिहवा-जीतपुर सडक अन्तरगत कपिलवस्तुको बाणगंगा नगरपालिका-११ देउवापारमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

बुधबार साँझ साढे ५  बजेटिर नेपाली र भारतीय नम्बर प्लेट भएका दुई मोटरसाइकल आपसमा ठोक्किएका थिए।

मृत्यु हुनेहरूमा यूपी ५५ ए एच ७०९० नम्बरको भारतीय मोटरसाइकल चालक, कपिलवस्तु शुद्धोदन गाउँपालिका–३ निवासी ३५ वर्षीय नेहामन अली र लु १० प ४४९६ नम्बरको नेपाली मोटरसाइकल चालक, सैनामैना–४ निवासी २७ वर्षीय रोमन थारु रहेका छन्। उनीहरूको उपचारका क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी मोहनमणि अधिकारीले जानकारी दिए।

दुर्घटनामा २६ वर्षीय अजय थारु घाइते भएका छन्। उनको उपचार लुम्बिनी प्रादेशिक अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३ माघ २०८१ १०:५२ बिहीबार

#accident