समाज

ज्यान मुद्दामा २० वर्ष कैद सजाय पाएका राजु ४० वर्षपछि पक्राउ

पक्राउ परेका राजु सिंह।

करिब चालिस वर्षदेखि फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

सर्लाही प्रहरी र मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरको संयुक्त टोलीले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका र २० वर्ष कैद सजाय पाएका राजु सिंहलाई पक्राउ गरेको हो।

रौतहटको तत्कालीन ब्रह्मपुरी गाविस–९ घर भई हाल राजदेवी नगरपालिका–९ बसोबास गर्दै आएका ५६ वर्षीय सिंहलाई गत शुक्रबार प्रहरीले सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरबाट नियन्त्रणमा लिएको हो।

अदालतबाट दोषी ठहर भएपछि सिंह करिब चालिस वर्षसम्म पहिचान परिवर्तन गरी फरार रहेका थिए। सर्लाही प्रहरीका अनुसार उनले धर्म र नाम परिवर्तन गरेर सुन्दरपुरमा बस्दै आएका थिए। गोप्य सूचनाका आधारमा प्रहरी टोलीले सिंहलाई नियन्त्रणमा लिन सफल भएको हो।

धुपकली देवीको जाहेरीका आधारमा वादी नेपाल सरकार रहेको कर्तव्य ज्यान मुद्दामा रौतहट जिल्ला अदालतले उनलाई २० वर्ष कैद सजाय तोकेको थियो। तर, सजाय भोग्नु अघि नै उनी फरार भएका थिए।

पक्राउ परेका सिंहलाई आइतबार रौतहट जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ। पक्राउबारे जानकारी दिँदै रौतहट जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दीपक रायले पहिचान परिवर्तन गरेर फरार रहेका अभियुक्तलाई समात्नु प्रहरीको ठूलो सफलता भएको बताए।

प्रकाशित: २८ पुस २०८१ २०:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App