समाज

मंगलबार बिहान गएको भूकम्पबाट नेपालमा १३ जना घाइते

मंगलबार बिहान चीनको तिब्बत प्रान्तको दिंगे काउन्टी केन्द्रविन्दु भई गएको भूकम्पबाट नेपालमा १३ जना घाइते भएका छन्।

नेपाल प्रहरीका अनुसार बारामा ११ तथा काठमाडौं र काभ्रेमा एक–एकजना घाइते भएका हुन्। घाइते सबैको उद्धार गरिएको प्रहरीले जनाएको छ।

यस्तै सिन्धुपाल्चोक भोटेकोसे गाउँपालिका ४ स्थित प्रहरी चौकी भवन चर्किएको छ। रामेछापमा एउटा गोठमा भूकम्पले क्षति पुर्‍याएको छ भने ओखलढुंगा र सोलुखुम्बुमा मानिस नबस्ने केही घरमा क्षति पुगेको छ।

प्रकाशित: २३ पुस २०८१ १५:२२ मंगलबार