समाज

कास्की अदालतमा आज रवि लामिछानेको पक्षबाट थुनछेक बहस हुँदै

पोखराको सूर्यदर्शन सहकारी संस्थाको बचत अपचलन प्रकरणमा कास्की जिल्ला अदालतमा प्रतिवादीहरूको थुनछेक बहस जारी छ।

गत मंगलबारदेखि सुरु भएको थुनछेक बहसमा आज रवि लामिछानेको पक्षका कानून व्यवसायीहरूले  बहस गर्दै छन्।

रविको पक्षबाट १८ जना कानून व्यवसायीले बहस गर्दै छन्। अदालतमा बुझाएको वकालतनामा अनुसार अधिवक्ताहरू रोहितराज बास्तोला, सुनीता रावत, सुरज बस्नेत, रमेश गिरी, रेनुकादेवी सिटौला, डा. नारायण घिमिरे, सुशील पन्त, कृष्णप्रसाद पराजुली, यज्ञनिधी न्यौपाने, डा। नारायणदत कँडेल, भिमराज पोखरेल, डिल्लीराम अधिकारी, कमलप्रसाद पोखरेल, गोविन्दप्रसाद अधिकारी, लेखनाथ सापकोटा, गिरीराज ओझा,  सञ्जय गोले र संकुचित प्रसाद सुवेदी रविको पक्षमा प्रतिरक्षा बहस गर्नेछन् ।

यो पनि पढ्नुहोस्

रविको प्रतिरक्षामा १८ जना वकिल, अन्यका कति ? नामसहित

यसअघि सोही प्रकरणमा पूर्वडीआईजी छविराज जोशी र लीला पछाईको तर्फबाट थुनछेक बहस भइसकेको छ भने सोही प्रकरणमा पक्राउ परेका कृष्णबहादुर गुरुङ उनकी छोरी गण्डकीकी पूर्वसांसद मीना गुरुङ, अनिता गुरुङ र रामबहादुर खनालको थुनछेक बहस हुन बाँकी छ ।

प्रकाशित: २२ पुस २०८१ ११:४५ सोमबार

#Rabi Lamechhane