समाज

कीर्तिमानी आरोही मिङ्माजी शेर्पालाई विमानस्थलमा भव्य स्वागत (तस्बिरहरू)

पूरक अक्सिजन बिना नै विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु आरोहण गरेर नयाँ कीर्तिमान रचेका मिङ्माजी शेर्पा स्वदेश फर्किएका छन्।

अर्जेन्टिनामा रहेको अकोन्कागुवा हिमालको सफल आरोहण गरी शुक्रबार काठमाडौं आइपुगेका शेर्पालाई   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।

शेर्पा पूरक अक्सिजन बिना नै विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु आरोहण गर्ने पहिलो नेपाली बन्न सफल व्यक्ति हुन् ।

 

प्रकाशित: १९ पुस २०८१ १२:५० शुक्रबार

#Migma Sherpa