सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलनसम्बन्धी कसुरमा आजदेखि जाहेरवाला तर्फका अधिवक्ताहरूको बहस सुरु हुँदै छ। बुधबार सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताहरूको बहस सकिएसँगै आज बिहीबारदेखि जाहेरीवालाको तर्फबाट बहस हुन लागेको हो।
मंगलबार सरकारको पक्षबाट दुई जना वकिलले सात जना प्रतिवादीहरूमाथि बहस गरेका थिए। जाहेरीवालाको तर्फबाट भने १२ जनाले बहस गर्ने अदालत प्रशासनले जनाएको छ। जाहेरवालाको बहसपछि भने प्रतिवादीको तर्फबाट बहस हुने छ।
प्रकाशित: १८ पुस २०८१ ०९:५२ बिहीबार