समाज

त्रिशुलीमा ट्रक खस्दा दुई घाइते

चितवन – वीरगञ्जबाट काठमाडौ तर्फ जाँदै गरेको ना ५ ख ८९७९ नम्बरको ट्रक शनिबार बिहान त्रिशुली नदीमा खस्दा दुई जना घाइते भएका छन्।

ईच्छाकामना गाउँपालिका वडा नम्बर ४ को चार किलो भन्ने स्थानमा ट्रक सडकबाट ५०० मिटर तल नदीमा झरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

घाइते हुनेमा ट्रकका चालक र सहचालक रहेका छन्। उनीहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेको नाम, थर खुल्न सकेको छैन। 

बिहान करीब ४ बजेको समयमा सडकबाट ट्रक खसेको प्रहरीले देखे पछि उनीहरुको उद्धार गरी उपचारका लागि भरतपुर ल्याईएको हो। ट्रकलाई नदीबाट बाहिर निकाल्ने प्रयास भईरहेको छ। 

प्रकाशित: १ वैशाख २०७५ ०५:३० शनिबार

त्रिशुलीमा ट्रक खस्दा दुई घाइते