समाज

९२ किलो गाँजासहित दुई भारतीय महिला पक्राउ

मकवानपुर – दुई भारतीय महिलालाई प्रहरीले अवैध लागुऔषध गाँजासहित पक्राऊ गरेको छ। झण्डै पाँच लाख मूल्य बराबरको करिब साढे ९२ किलो गाँजासहित भारतीय महिलाहरू शुक्रबार बिहान पक्राउ गरेका हुन्।

पक्राऊ पर्नेमा भारत मोतिहारी जिल्ला मधुर्वा गाउँ मोफस, छतौनी कमलकी ३५ वर्षीया सुमित्रादेवी सहनी र २५ वर्षीया रिन्कीदेवी रहेका छन् । उनीहरूलाई मकवानपुर प्रहरीले पूर्व–पश्चिम राजमार्गको मनहरी गाउँपालिका ९ स्थित रजैयाबाट पक्राउ गरेको हो।

मनहरीबाट हेटौंडातर्फ आउन लागेको युपी २१ एएफ १८५४ नम्बरको भारतीय सफारी जीप रोकेर प्रहरीले खानतलासी गर्दा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका मकवानपुरका प्रहरी उपरीक्षक विकासराज खनालले बताए। उनका अनुसार जीपको विभिन्न भागमा फल्स बटम बनाएर प्लाष्टिकमा ¥यापिङ गरी ४३ पोका गाँजा लुकाएर राखिएको फेला पारेको जानकारी दिए।

जीपको फल्स बटममा २ केजीदेखि ३ केजीसम्म प्लाष्ट्रिकमा प्याक गरेर गाँजा लुकाएर राखिएको प्रहरीले बताएको छ। प्रहरीले शंंका लागि जीप रोकेर खानतलासी गर्न खोज्दा चालक भागेको र  चालकको खोजी भइरहेको छ। उक्त गाँजा रजैयामा नै लोड गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ। पक्राउ परेका भारतीय महिलाहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कारवाही अघि बढाइने प्रहरीले जनाएको छ।

प्रकाशित: ३० चैत्र २०७४ १५:३३ शुक्रबार

९२ किलो गाँजासहित दुई भारतीय महिला पक्राउ