समाज

बसबरिया-३ का वडाध्यक्ष महतोको निधन, पालिकामा शोक बिदा

सर्लाहीको बसबरिया गाउँपालिका-३ का वडाध्यक्ष नन्दलाल महतोको निधन भएको छ।

करिब डेढ वर्षदेखि ‘लिभर’ को समस्याले पीडित रहेका महतोको बुधबार साँझ भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको गाउँपालिका अध्यक्ष रामसिंहासन रायले जानकारी दिए।

महतोको निधनप्रति शोक व्यक्त गर्दै पालिकाले बिहीबार पुस ११ गते एक दिन शोक बिदा दिने निर्णय गरेको छ। अध्यक्ष रायद्वारा जारी विज्ञप्तिमा पालिकाभरका सरकारी कार्यालय, विद्यालय, र अन्य संघ–संस्थाहरू बन्द रहने उल्लेख छ।

वडाध्यक्ष महतोको निधनले पालिकामा शोकको परेको छ। उनको योगदानलाई सम्झँदै विभिन्न क्षेत्रका व्यक्तित्वहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन्।

प्रकाशित: ११ पुस २०८१ १३:५८ बिहीबार