समाज

जाजरकोट केन्द्रबिन्दु भएर बिहानै भूकम्प

जाजरकोट केन्द्रबिन्दु भएर बिहानै भूकम्प गएको छ। जाजरकोटको नायकवाडालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।

बिहीबार बिहान ६:३३ बजे जाजरकोटको नायकवाडा केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो। 

प्रकाशित: ११ पुस २०८१ ०७:४१ बिहीबार

#Earthquak #Nagariknews