समाज

दार्चुला केन्द्रबिन्दु भएर ४ म्याग्निच्यूडको भूकम्प

दार्चुलामा भूकम्पको धक्का महसुस भएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति ९ः२५ बजे दार्चुलाको अपि हिमाल आसपास केन्द्रबिन्दु भई ४ म्याग्निच्यूडको भूकम्प धक्का महसुस भएको हो।

यसअघि गत शुक्रबार बाजुरामा पाँच दशमलव दुई म्याग्निच्यूड र मनाङमा गत बिहीबार चार दशमलव सात म्याग्निच्यूडको भूकम्प महसुस गरिएको थियो।

प्रकाशित: ९ पुस २०८१ २२:३० मंगलबार