राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित चार जनालाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ।
सहकारी ठगीमा प्रकरणमा मुद्दा दायर भएका उनीहरुलाई बयानका लागि मंगलबार अदालत उपस्थित गराइएको हो।
सोमबारदेखि छविलाल जोशीको मात्र बयान भइरहेको छ। छविको बयान सकिएपछि मात्रै अरूको सुरु गरिने बताइएको छ।
न्यायाधीश नीतिज राईको इजलासमा सोमबारदेखि बयान सुरू भएको हो।
प्रकाशित: ९ पुस २०८१ ११:३३ मंगलबार