विद्युत् सट भई आगलागी हुँदा यहाँको औरही नगरपालिका-१ स्थित औरहीबजारमा १० लाख बढीको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
फूलोदेवी मण्डल र खुर्शिद लहेरीको शृङ्गार सामग्री पसलमा बुधबार राति विद्युत् सट भई आगलागी भएको थियो।
इलाका प्रहरी कार्यालय गौशालाका अनुसार मण्डलको काठको कठघरा र लहेरीको कच्ची इँटाको पसल घरमा आगलागी भएको हो। गत मङ्सिरमा बर्दिबास–१४ स्थित इलेक्ट्रिक पसलमा आगलागी हुँदा एक करोड बढीको धनमाल क्षति भएको थियो।
प्रकाशित: ४ पुस २०८१ १२:५६ बिहीबार