काठमाडौंको टौदह क्षेत्रमा केही दिनयता पाहुना रूपी हरियोटाउके हाँस देखा पर्न थालेका छन्। यी हाँसहरू प्रायः उत्तरी एसिया, युरोप र साइबेरिया जस्ता चिसो क्षेत्रबाट नेपाल आउने गर्छन्।
हिउँदको समयमा ती क्षेत्रमा अत्यधिक चिसो र खाद्यान्न अभाव भएपछि हरियोटाउके हाँसले गर्मीयुक्त क्षेत्रतर्फ बसाइँ सर्ने गर्छन्।
हरियोटाउके हाँस नेपालका तराई क्षेत्रमा विशेष रूपमा पाइने बताइन्छ। पोखरी, नदी, ताल, कोशी टप्पु वन्यजन्तु आरक्ष, चितवन र बर्दिया राष्ट्रिय निकुञ्ज, तथा जगदीशपुर ताल जस्ता ठाउँमा यो समयमा यी हाँसहरू देख्न सकिन्छ।
वैशाख र जेठतिर प्रजननका लागि यी हाँसहरू फेरि उत्तरतिर फर्कने गर्छन्।
प्रकाशित: ३ पुस २०८१ १४:३९ बुधबार