समाज

सशस्त्र प्रहरी र तस्करबीच झडप

बारा – कचोर्बा नाका हुँदै चारवटा मोटरसाइकलमा तस्करीको सामान बोकेर रौतहट छिरेको तस्कर र सशस्त्र प्रहरीबीच झडप भएको छ। झडपका क्रममा सशस्त्र प्रहरीले हवाई फायर गरेको छ।

शस्त्र प्रहरीले रौतहटको मौलापुर नगरपालिकास्थित सोनरनिया र शीतलपुर बैरगनियाको बीचबाट बुधबार बिहान एकजना भारतीय नागरिकसहित तस्करीका लागि प्रयोग गरिएका चारवटा मोटरसाइकल र चार पोका अवैध कपडा बरामद गरेको छ। पक्राउ पर्नेमा भारतीय नागरिक विकासकुमार छन्।

तस्करीको सामानलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिन खोज्दा तस्करले आक्रमण गरेपछि सशस्त्र प्रहरीको टोलीले हवाई फायर गरेको थियो। हवाई फायरपछि तरस्करहरू मोटरसाइकल र कपडा छाडेर भागेका थिए। सोही क्रममा तस्करका रूपमा पहिचान गरिएका विकासकुमार पक्राउ परेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय रौतहटले जनाएको छ।

प्रकाशित: २९ चैत्र २०७४ ०२:०३ बिहीबार

सशस्त्र प्रहरी तस्करबीच झडप