समाज

प्रधान सेनापति महारथी अशोक राज सिग्देल भारत प्रस्थान

प्रधान सेनापति महारथी अशोक राज सिग्देल मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा आज  भारत प्रस्थान गरेका छन्।

मंगलबार प्रधान सेनापतिलाई बलाध्यक्ष रथी प्रदीप जंग के.सी.ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरेका हुन्।

प्रधान सेनापतिसँगै उनकी श्रीमति नीता क्षेत्री सिग्देलसहित ९ सदस्यीय भ्रमण दल आज भारत प्रस्थान गरेको हो। 

सिग्देल प्रधान सेनापतिमा नियुक्त भए पश्चात् उनको यो पहिलो विदेश भ्रमण  हो। भ्रमणका क्रममा प्रधान सेनापति सिग्देललाई भारतका महामहिम राष्ट्रपतिबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्हबाट सुशोभन गर्ने लगायतको कार्यक्रम रहेको छ। 

प्रकाशित: २५ मंसिर २०८१ १७:४५ मंगलबार