समाज

खाल्डोमा जमेको पानीमा डुबेर दुई शिशुको मृत्यु

रौतहटमा माछा मार्न गएका दुई बालबालिकाको डुबेर मृत्यु  भएको छ। गाउँ नजिकै बाढीको पानीले बनाएको खाल्डोमा जमेको पानीमा डुबेर दुइ  शिशुको मृत्यु भएको हो।

रौतहटको देवाही गोनाही नगरपालिका २ करुनिया लक्ष्मिनियाटोल स्थित लाल बकैया नदिको छेउमा डुब्दा शेख मनाउल्लाको ६ वर्षीया छोरी सबाना खातुन र उनकै तीन वर्षिय छोरा अब्दुल रहमानको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरु बौधिमाइ नगरपालिका ५ कोपवा टोलबाट मामाघर आएका थिए।

दुबै बालबालिका देवाही गोनाही नपा २ लक्ष्मिनिया करुनिया मामा घर आएका थिए। उनीहरु आइतबार अबेर साझ माछा मार्न गएका थिए। गत मङ्सिर १४ गते गरुडा नगरपालिका २ गेडही गुठिका दुई किशोरहरुको पनि लमहा नदिमा डुबेर मृत्यु भएको थियो

प्रकाशित: २४ मंसिर २०८१ १३:४८ सोमबार

#Rautahat