समाज

कृष्णपुर नगरपालिकाद्वारा ३ वटा ऐन पारित

कञ्चनपुर– कञ्चनपुरको गुलरियास्थित कृष्णपुर नगरपालिकाको दोस्रो नगरपरिषद् एवं विधेयक अधिवेशनबाट तीन वटा ऐन पारित गरिएको छ। 

बुधबार बसेको नगरसभामा नगरपालिकाका नियमित कामलाई प्रभावकारी रुपले सञ्चालन गर्नका लागि आवश्यक पर्ने ‘सहकारी ऐन, २०७४’, ‘प्रशासकीय कार्य्विधि नियमित गर्ने ऐन’ र ‘आर्थिक कार्यविधि ऐन’ पारित गरेको नगरप्रमुख कर्ण बहादुर हमालले जानकारी दिए।

बैठकमा हालसम्म सम्पन्न भएका योजना तथा कार्यक्रमहरुको बारेमा समीक्षा गरिएको छ। विभिन्न नीतिगत निर्णयहरु समेत गरिएको मेयर हमालले बताए। 

प्रकाशित: २८ चैत्र २०७४ १४:१३ बुधबार

कृष्णपुर नगरपालिकाद्वारा वटा ऐन पारित