समाज

नौ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री

हेटौँडा दूध वितरण आयोजनाले चालु आर्थिक वर्षको चार महिनामा नौ करोड ५२ लाख रूपैयाँको दूध तथा दुग्धजन्य पदार्थ बेचेको छ। गत आवको सोही अवधिको तुलनामा यो दुई करोड ४० लाख रूपैयाँले बढी हो।

कार्यालय प्रमुख राजीव खनालका अनुसार आव २०८१/८२ को साउनदेखि कात्तिकसम्ममा नौ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री भएको छ। आव २०८०/८१ को अवधिमा सात करोड १२ रूपैयाँ मूल्य बराबरको दूध तथा दुग्धजन्य पदार्थ बिक्री भएको थियो।

बजारको मागभन्दा दूध तथा दुग्धजन्य पदार्थको उत्पादन बढी भएकाले आयोजना कार्यालयलाई भण्डारणमा समस्या भएको छ। दूध खरिद गरेअनुसारको बजारमा दुग्धजन्य पदाथए बिक्री नहुँदा किसानलाई चार महिनादेखि दूधको भुक्तानी दिन नसकेको उनले बताए। कार्यालयले मकवानपुर, बारा, पर्सा, रौतहट र सर्लाहीका किसानबाट दूध खरिद गर्दै आएको छ। 

प्रकाशित: २१ मंसिर २०८१ १०:२२ शुक्रबार

# Hetauda Milk Distribution Project # Milk and milk products