समाज

काठमाडौँको टुँडिखेलमा एकजना मृत फेला

फाइल तस्बिर

काठमाडौंको टुँडीखेलस्थित गोल पोस्ट नजिकै एकजना मृत अवस्थामा फेला परेका छन्।

काठमाडौं महानगरपालिका–२२ टुँडिखेलस्थित गोलपोस्ट नजिकै मकवानपुर घर भएका ४५ वर्षीय बद्रीप्रसाद सिलवाल मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। प्रहरीले निजको साथमा फेला पारेको नगरिकताका आधारमा उनको पहिचान गरेको प्रवक्ता अधिकारीको भनाइ छ । 

उनले भने,'निजको बायाँ हातको साइडमा सानो चक्कु र बायाँ हातको मुनि रगत जमेको भेटिएको र प्रहरी वृत्त जनसेवा तथा प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीबाट घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको छ।'

शव जाँचको प्रकृति मुचुल्का गरी परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रवक्ता अधिकारीले बताए। 

प्रकाशित: १९ मंसिर २०८१ १४:३३ बुधबार