समाज

विद्यार्थीलाई पाकिस्तानको छात्रवृत्ति

काठमाडौं– पाकिस्तान सरकारले माध्यमिक तहमा अध्ययनरत दुई सय ५० नेपाली विद्यार्थीलाई २५ लाख रुपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराएको छ।

पाकिस्तानी दूतावासले मंगलबार राजधानीमा कार्यक्रम गरी छात्रवृत्तिबाट सम्मानित दुई सय ५० विद्यार्थीलाई प्रतिविद्यार्थी १० हजारका दरले छात्रावृत्ति प्रदान गरेको हो ।कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव खगराज बराल, नेपाल–पाकिस्तान फ्रेन्डसिप एन्ड कल्चर एसोसिएसनका अध्यक्ष हिमालयशमशेर राणा र पाकिस्तानी राजदूत डा. मजहर जावेदले विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराई सम्मान गरेको पाकिस्तानी दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: २८ चैत्र २०७४ ०३:०५ बुधबार

विद्यार्थीलाई पाकिस्तानको छात्रवृत्ति