कैलालीमा लागु औषध (खैरो हेरोईन)सहित चार जना पक्राउ परेका छन्।
बुधबार ईलाका प्रहरी कार्यालय टिकापुरले टिकापुर नगरपालिका–३ रामपुरस्थित शंकर चौधरीलाई १ ग्राम ७० मिलिग्राम हेरोईनसहित पक्राउ गर्यो। मालाखेती र धनगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले गोदावरी नगरपालिका–९ मा शंका लागेर चेकजाँच गर्दा ३६० मिलिग्राम हेरोईनसहित बिबेक चौधरीलाई पक्राउ नियन्त्रणमा लिएको थियो।
अर्को टोलीले भजनी नगरपालिका–३ मोरीयाघाटमा भारतबाट नेपाल आउँदै गरेका किसन बि.क. र लक्ष्मी प्रसाद चौलागाईलाई १४० मिलिग्राम हेरोईन सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलाली प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक कबिन्द्र सिंह बोहराले जानकारी दिएका छन्।
सबैलाई थप अनुसन्धानका लागि सम्बन्धित प्रहरी कार्यालयमा राखिएको छ।
प्रकाशित: १३ मंसिर २०८१ १०:४६ बिहीबार