मकवानपुरमा आफ्नै सहकर्मीको बेल्चा प्रहारबाट एक पुरुषको हत्या भएको छ। मनहरी गाउँपालिकाका ३४ वर्षिय अम्बरबहादुर लोप्चनले सहकर्मी ५० वर्षिय जीतबहादुर मोक्तानलाई गएराति बेल्चाले हानेर हत्या गरेका हुन्।
माटो खन्ने बेल्चा प्रहारबाट गम्भीर घाइते भएका मोक्तानको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। लोप्चन र मोक्तान दुबै जना सँगै मजदुरी गर्दै आएका थिए।
हत्या आरोपी लोप्चनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ। लेनदेनको विषयमा मनमुटाव भएको प्रहरीको आशंका छ।
प्रकाशित: १३ मंसिर २०८१ ०९:०१ बिहीबार