समाज

काठमाडौं-१६ उपनिर्वाचन: स्वतन्त्र उम्मेदवार पन्तले गरे रास्वपालाई समर्थन

.

.

काठमाडौं महानगरपालिका वडा नं-१६ मा हुने स्थानीय तहको उपनिर्वाचनका लागि स्वतन्त्र उम्मेदवार प्रकाश पन्तले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रोशिन श्रेष्ठलाई समर्थन गरेका छन्।

मंगलबार सार्वजनिक गरिएको समर्थन पत्रमा पन्तले श्रेष्ठलाई समर्थन गर्नुको मुख्य उद्देश्य वडावासीको विकास, सुशासन र समावेशी नेतृत्वलाई सुदृढ बनाउनु रहेको उल्लेख गरेका छन्।

समर्थन पत्रमा पन्तले जनताको समस्या समाधान, सहज सेवा प्रवाह, र वडाको समग्र समृद्धिका लागि रोशिन श्रेष्ठलाई सहयोग पुर्‍याउने प्रतिवद्धता जनाएका छन्। उनले आफ्नो उम्मेदवारी फिर्ता लिँदै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई पूर्ण समर्थन गरेका हुन्।

रोशिन श्रेष्ठले समर्थनप्रति आभार व्यक्त गर्दै भनेकी छन्, "स्थानीय सरकारका माध्यमबाट पारदर्शी सेवा, विकासका योजनाको प्रभावकारी कार्यान्वयन र वडावासीको समृद्धिमा मेरो पूर्ण ध्यान हुनेछ।"

दुवै नेताले वडाको विकास र सेवा प्रवाहलाई प्रभावकारी बनाउन सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित: ११ मंसिर २०८१ २२:०३ मंगलबार