प्यालेस्टानमा इजरायलले लगातार आक्रमण गरेकोविरूद्ध काठमाडौंमा प्रदर्शन भएको छ।
प्यालिस्टिनीमाथि इजरायलबाट भएको जनसंहारविरूद्ध संयुक्त अभियानको आयोजनामा शनिबार दिउँसो काठमाडौंकोमाइतीघर मण्डलामा प्रदर्शन गरिएको हो।
प्रदर्शनमा राजनीतिक दलका नेताहरू, बृहत नागरिक आन्दोलनका प्रतिनिधिहरू, सामाजिक जीवनका सम्मानित व्यक्तित्वहरू, मानवअधिकारवादी संगठन लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागी छ।
प्रदर्शनकारीहरु विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर सहभागी भएका थिए। उनीहरुले गाजामा जारी युद्ध रोक्न पनि आग्रह गरेका छन्।
तस्बिरहर: दिपेश दर्शनधारी/नागरिक
प्रकाशित: ८ मंसिर २०८१ १५:०० शनिबार