काठमाडौंको धरहरा चढ्नका लागि अबदेखि दुई सय रुपैयाँ तिर्नु पर्ने भएको छ। सरकारले धरहरा चढ्न प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क लगाएको छ।
विद्यार्थी, ज्येष्ठ नागरिक बालबालिका अपाङ्गता भएका व्यक्तिलाई भने ५० प्रतिशत सहुलियत हुने सहरी विकास मन्त्रालयले जनाएको छ।
विदेशी पर्यटकका लागि भने छुट्टै शुल्कको व्यवस्था गरिएको छ।सार्क राष्ट्रका पर्यटकले प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रका पर्यटकले प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क तिर्नु पर्ने छ।
फोटो सुट, भिडियो सुटका लागि पनि छुट्टा छुट्टै शुल्क निर्धारण गरिएको छ।
प्रकाशित: ८ मंसिर २०८१ १२:३६ शनिबार