समाज

आजदेखि भक्तपुरमा विस्केट जात्रा सुरु

फाइल फोटो

भक्तपुर – नौ दिन आठ रात लामो भक्तपुरको विस्केट जात्रा मंगलबारदेखि सुरु हुँंदैछ। भक्तपुरको प्रसिद्ध पाँंचतल्ले मन्दिर टौमढी अगाडि राखेर बनाइएको भैरबनाथको रथ मंगलबार दिउँंसो तान्ने क्रमको सुरुवातसँंगै जात्रा सुरु हुँंदैछ। प्रत्येक वर्ष नयाँं वर्ष आगमनको चार दिन अगाडिदेखि सोही स्थानमा प्यागोडा शैलिमा बनाइएको तीनतल्ले भैरबनाथको रथ तान्ने क्रमसँंगै जात्रा प्रारम्भ हुने प्रचलन रहिआएको छ।

रथलाई दुवैतिर डोरीले तान्ने गरिन्छ। एकातिर ६ वटा र अर्काेतिर चार वटा मोटोमोटो डोरी राखेर हजारौ युवाले रथ तान्ने गर्दछन्। जात्राको पहिलो दिनलाई स्थानीय नेपाल भाषामा द्यो क्वह विज्याइज्यू अर्थात देवता (रथ) तल सवारी हुने भनिन्छ। जात्राको पहिलो दिन रथलाई नगरको तल्लो साइटको टोलतिर लाने भएकोले सो साइटमा ६ वटा र अर्काे साइटमा चार वटा मात्रै डोरी राखिने गरिन्छ। तर दुवैतिर प्रतिस्पर्धात्मक रुपमा तानिर पछिल्लो वर्ष जता पनि लैजान गर्दछन्। भक्तपुर नगरको वीच भागमा रहेको पाँंचतल्ले मन्दिर गुठी संस्थान शाखा कार्यालय सूर्यविनायक भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले जात्राका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाए। जात्रालाई हर्षाेलासमय रुपमा बनाउन दिन यो वर्ष दिउँंसोबाटै रथ तान्ने क्रम सुरु गरी साँंझसम्ममा सकाउने योजना रहेको उनले सुनाए।

इतिहास एवं संस्कृतिविद् डा पुरुषोतमलोचन श्रेष्ठका अनुसार भक्तपुरको विस्केट जात्रा पूर्वमध्यकालतिर तीनसय वर्ष भन्दा बढ्ता समयसम्म राष्ट्रिय पर्वकै रूपमा मनाइन्थ्यो। तत्कालीन भक्तपुर राज्य समग्र नेपालको राजधानीनगरको रूपमा रहेको बेलामा यो राष्ट्रिय पर्वकै रूपमा मनाइने उनले बताए। तर उपत्यकाको राजनैतिक विखण्डनलगायत वि.सं.१८२६ मा मल्लकालीन भक्तपुर राज्यको पतनपछि भक्तपुरले आफनो केन्द्रीय राजनैतिक–प्रशासनिक महत्व गुमाउँंदै गएपछि भने यो एक जिल्लाको स्थानीय जात्राको रूपमा मात्र सीमित रहन पुग्यो। तर अहिले फेरि यो जात्रा हेर्नका लागि भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेपलान्चोकलगायतबाट सयौं मानिसहरु आउने गर्दछन्।

भैरबनाथको रथ तानेर सुरु हुने जात्रा प्रत्येक वर्ष वैशाख ५ गते पाँंचतल्ले मन्दिर अगाडि नै रहेको यही भैरबनाथको रथलाई तानेर सम्पन्न हुने गर्दछ। यो बेला पनि रथलाई दुवै साइटमा डोरी राखेर तानिन्छ। यस दिनलाई स्थानीय नेपाल भाषामा द्यो थाहा विज्याइगू अर्थात देवता (रथ) माथि सवारी हुने भनिन्छ। यसकारण यस दिन माथिल्लो साइटमा ६ वटा र अर्काे साइटमा चार वटा मात्रै डोरी राखिन्छ।

भक्तपुरको विस्केट जात्राको मुख्य आकर्षण ५५ हात लामो लिंगो उठाउनु, ढाल्नु र रथ तान्नु रहेको छ। साथै मध्यपुर थिमिमा मनाईने जिव्रो छेड्ने जात्रा पनि उतिकै प्रख्यात छ।

प्रकाशित: २७ चैत्र २०७४ ०२:५४ मंगलबार

आजदेखि भक्तपुरमा विस्केट जात्रा सुरु