जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि मधेस आन्दोलनका शहीद परिवारका सदस्यहरुले प्रदर्शन गरेका छन्।
प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले शहीद परिवारका एक/एक जनालाई रोजगार दिने निर्णय गरेपनि हालसम्म कार्यान्वयन नभएको भन्दै शहीद परिवारका सदस्यहरु आन्दोलित भएका हुन्।
मुख्यमन्त्री कार्यालय अगाडि गरिएको प्रदर्शनमा प्रदेशका आठै जिल्लाका शहीद परिवारका सदस्यहरु छन्। उनीहरुले प्रदेश सरकारले आफूहरुको माग पूरा नगरेसम्म घर नफर्किने बताएका छन्।
अधिकांशलाई नियुक्ति पत्र दिइएपनि अहिलेसम्म जागिर पाउन नसकेको आरोप शहीद परिवारको छ। तर जनमत नेतृत्वको सरकार गठन भए लगत्तै सो सेवा सुविधाबाट वञ्चित गरिएको आरोप मधेसी शहीद प्रतिष्ठानका सदस्य रामनरेश रायको छ।
प्रकाशित: ७ मंसिर २०८१ १७:४७ शुक्रबार