समाज

दुर्गा प्रसाईंलाई साइबर ब्‍यूरो लगियो, कीर्ते कागजात प्रकरणमा अनुसन्धान हुने

.

तस्बिर: दिपेश दर्शनधारी/नागरिक

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई थप अनुसन्धानका लागि साइबर ब्‍यूरो भोटाहिटी लगिएको छ।

मंगलबार मध्यपुर ठिमी नगरपालिका-६, निकोसेरास्थित निवासबाटै पक्राउ परेका प्रसाईंलाई वीर अस्पतालमा स्वास्थ्य जाँचपछि थप अनुसन्धान गर्न साइबर ब्‍यूरो लगिएको हो।

सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले प्रसाईंविरुद्ध कीर्ते कागजात प्रकरणमा अनुसन्धान सुरु भएको जानकारी दिए।

उनका अनुसार प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम जोडेर कीर्ते कागजात तयार पारी भ्रम फैलाउने कार्य गरेको आरोपमा अनुसन्धान भइरहेको छ।

प्रसाईंले सोमबार मात्रै पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित एक टेलिकम कम्पनीमा झन्डै ३२ अर्ब लगानी रहेको दाबी गर्दै केही दस्ताबेज सार्वजनिक गरेका थिए। 

ती दस्ताबेज तथ्य जाँच भने भइसकेको छैन। एमालेले र ओली निकटहरूले ती दस्ताबेज फर्जी खडा गरिएको दाबी गर्दै प्रतिवादमा छन्।

प्रकाशित: ४ मंसिर २०८१ १६:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App