रूकुम पश्चिममा आफ्नै श्रीमान्को हत्या आरोपमा प्रहरीले श्रीमतीलाई नियन्त्रणमा लिएको छ।
चौरजहारी नगरपालिका-२ विजयश्वरी निवासी ३२ वर्षीया दीपा कुमाल आफ्नै श्रीमान् ४० वर्षीय मधु कुमालको हत्या गरेको अभियोगमा गए राति पक्राउ परेकी हुन्।
प्रहरीका अनुसार धरायसी विवादका क्रममा दिपाले दाउराको चिरपट प्रहार गर्दा मधुको घटनास्थलमै मृत्यु भएको थियो। उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चौरजहारीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
यस घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित: ४ मंसिर २०८१ १४:४६ मंगलबार