समाज

लसुनडाँडाबाट५ लाख सहित २१ जुवाडे पक्राउ

.

.

बुढानिलकण्ठ नगरपालिका–११ लसुनडाँडामा जुवा (ओखर) खेलिरहेको अवस्थामा प्रहरीले २१ जनालाई पक्राउ गरेको छ।

पक्राउ परेकामध्ये तारकेश्वर नगरपालिका पैयुटार बस्ने नुवाकोट तादी गाउँपालिका–४ का २६ वर्षीय सुवास आचार्य जुवा खेलाउने मुख्य व्यक्ति रहेको खुलेको छ। आचार्यसहित प्रहरीले २१ जनालाई नियन्त्रणमा लिएको हो।

आइतबार दिउँसो काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

पक्राउका क्रममा प्रहरीले ५ लाख २४ हजार ७ सय ५० रुपैयाँ नगद र १३ थान ओखर समेत बरामद गरेको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

प्रकाशित: ३ मंसिर २०८१ १६:३६ सोमबार